८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा


0
Shares

ललितपुर ।  ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै मुद्दा आउन थालेका छन् ।

महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले मुद्दा हाल्न थालेका हुन् ।

महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताए ।

बस्तीका बीचमा वा बस्तीका नजिकका स्थानमा पशुपालन गर्दा त्यहाँ दुर्घन्ध फैलिनेसँगै पानीमा फोहोर मिसिएको भन्ने स्थानीयवासीको गुनासो छ ।

यस्ता मुद्दा साबिक उपमहानगरपालिका क्षेत्रमा भन्दा साबिक गाविस क्षेत्रमा बढी छ । उनी भन्छन्, “हामीले मेलमिलाप हुनेमा गराउने र नहुनेमा मात्रै अदालत जान भन्छौँ ।”

महानगरपालिकामा दर्ता हुन आएका मुद्दामा समितिले राष्ट्रिय प्रदूषण मापन केन्द्रलाई मापन गर्न लगाएर र आफूले पनि स्थलगत निरीक्षण गरेर मात्रै सुनुवाइ गर्दै आएको छ ।

न्यायिक समितिमा पशु बधस्थलका कारण प्रदूषण फैलिएको भन्दै मुद्दा पर्न थालेको छ ।

समितिको सातामा दुई दिन बैठक बसेर सुनुवाइ गर्दै आएको छ । पारिवारिक बेमेल, छिमेकमा रहेका विवादसमेत आउन थालेको समितिले जनाएको छ । 

रासस