२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काभ्रेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु


0
Shares

काभ्रे । कोरोना संक्रमणबाट काभ्रेपलान्चोकमा थप ५ जनाको मृत्यु भएको छ । काभ्रेका ३ जना र भक्तपुरका २ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

मण्डनदेउपुर नगरपालिकाका ७८ वर्षीय पुरुष र बनेपा नगरपालिकाका ४२ वर्षीय पुरुषको शिर मेमोरियल अस्पतालमा तथा भक्तपुरका ६७ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यता चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका ३ का वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।