
फाइल तस्विर
नवलपरासी । पश्चिम नवलपरासीमा ६ घण्टाको अन्तरमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा ३ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा २ को उपचारका क्रममा मृत्यु भएको हो ।
भैरहवा मेडिकल कलेजमा मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीया महिला, बर्दघाट नगरपालिकाका ५४ वर्षीया महिला र सुस्ता गाउँपालिकाका ७० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्