
कपिलवस्तु । सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगर नाका हँुदै भारतबाट नेपाल भित्रिनेहरूलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
स्वदेश फर्कने अधिकांश नेपालीहरू मास्कविनै आउने गरेपछि सुरक्षा सामाग्री वितरण गरिएको हो ।
प्रहरीले स्वास्थ्य सामाग्री वितरणसँगै जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । जिल्लामा कृष्णनगर नाका मात्र खोलिएकाले यो नाकाबाट नेपाल भित्रनेको बाक्लो भिड लागेको छ ।
प्रतिक्रिया दिनुहोस्