
धनकुटा । छथरजोरपाटी गाउँपालिकाले आफ्नो पालिकामा रहेका भूमिहीनलाई जग्गा वितरण गर्ने भएको छ ।
जग्गा वितरणको लागि दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका ६ सय ५५ घर परिवारको प्रारम्भिक लागत संकलन गरिएको छ । प्रमाण पुगेकालाई बसोबासका लागि जग्गा वितरण गरिने भएको हो ।
शहरी र ग्रामीण क्षेत्रका भुमिहीन दलित तथा सुकुम्बासीहरूलाई बसोबासका लागि आवश्यकता अनुसार जग्गा वितरण गरिने छथर जोरपाटी इकाइका फोकल पर्सन नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्