
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीबाट मंगलबार एकै दिन सात अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
जारी गरिएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश रहेका छन् ।
यस्तै, संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पनि राष्ट्रपतिले जारी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्