
काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरूको भीड बढेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाइ उडान सुचारु थियो ।
आन्तरिक तर्फको सम्पूर्ण उडान गएरातिबाट रोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गतेबाट बन्द हुँदै छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरूले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।
कोरोनाको संक्रमण झनै बढेपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्