८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


इन्टरनेटमा बढेको शुल्क खारेज


0
Shares

काठमाडौं । इन्टरनेटमा बढेको शुल्क खारेज भएको दाबी संचार मन्त्रालयले गरेको छ ।

इन्टरनेट सेवा प्रदायकहरु पुरानै शुल्कमा सेवा दिन सहमत भएको दाबी संचार मन्त्रालयले आज जारी गरेको वक्तब्यमा दाबी गरिएको छ ।

सञ्चार मन्त्रालयमा आज भएको सर्वपक्षीय छलफलमा इन्टरनेट सेवा प्रदायकहरु बढेको शुल्क फिर्ता लिन तयार भएको बताइएको छ ।

सहमति अनुसार इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकसँग पुरानै शुल्क लिने छन् । तर मोवाइल सेवा प्रदान गर्ने कम्पनीहरुले दिने इन्टरनेट सेवाको शुल्क भने घट्ने छैन । 

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकलाई बेच्ने उपकरण र मर्मत खर्चको करमा छुट दिन तयार भएपछि सेवा प्रदायकहरु पुरानै मूल्यमा इन्टरनेट सेवा दिन तयार भएका हुन् ।

चालु आर्थिक वर्षको बजेटमार्फत इन्टरनेटमा पहिलो पटक सेवा शुल्क लगाइएको थियो ।