२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


म्यान्चेस्टर सिटी पहिलो पटक फाईनलमा


0
Shares

एजेन्सी । इंग्लीश क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाईनलमा पुगेको हो ।

यसअघि पिएसजीको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी २–१ ले विजयी भएको थियो । गएरातिको खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल अल्जेरियन खेलाडी रियाद माहारेजले गरे ।

जारी सिजनको इंग्लीश प्रियिमर लिगमा समेत शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले च्याम्पियन्स लिगको फाईनलमा पु¥याएका हुन् ।

म्यान सिटीले अब फाईनलमा इंग्ल्याण्डकै चेल्सी वा स्पेनको रियाल मड्रिडमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाईनल दोस्रो लेगको खेलमा आज राती चेल्सी र रियाल मड्रिड भिड्नेछन् । रियाल मड्रिडको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।