काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली भएर विभिन्न प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदुरपश्चिमका पहाडी भेगमा भने दिनभरी नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको मौसम पनि साान्यतया बदली हुने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्