
बैतडी । बैतडीको पञ्चेश्वरमा मंगलबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसंगै मृतकको संख्या ६ पुगेको हो ।
यसअघि दुर्घटनामा परी पञ्चेश्वर– ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । जिप चालक तेज बहादुर बोहराको अस्पताल ल्याउदैं गर्दा बाटोमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्