१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो पटक मुख्यमन्त्री


0
Shares

एजेन्सी । भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् ।

हालै सम्पन्न विधान सभा निर्वाचनमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेस अर्थात टिएमसीकी प्रमुख बेनर्जीले आज कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् ।

कोरोना भाइरस महामारीका कारण उनको सपथमा एकदमै थोरै मानिसमात्र सहभागी थिए । गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफ्नो निर्वाचन क्षेत्रमा भने पराजित भएकी थिइन् ।

नन्दीग्राम चुनाव क्षेत्रमा बेनर्जी आफ्नै क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् । चुनाव हारे पनि बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी हुन् । अब उनी ६ महिनाभित्र हुने उपनिर्वाचनमा विजयी हुनुपर्नेछ ।