
एजेन्सी । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।
चेल्सीले समग्रमा ३–१ को जित दर्ता गर्न सफल रहयो । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ ।
उसले सन् २००८ मा म्यान्चेष्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो ।
त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो । फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि चेल्सी सम्हाल्न आइपुगेका थोमस टुचेल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुगेका हुन् ।
टुचेलले पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाइनलमा टिमको नेतृत्व गरेका थिए । चेल्सीले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाईनल समेत खेल्दैछ ।
चेल्सीले लिगको उपाधिका लागि म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
सिटीले मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्