२३ चैत्र २०८१, शनिबार | Sun Apr 6 2025


मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना


0
Shares

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

उहाँको अक्सिजनका मात्रा कम भएकाले अस्पताल भर्ना गरिएको हो । यही वैशाख ६ गते श्रेष्ठको परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमणपछि घरमा नै आइसोलेसनमा बसिरहनु भएका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते अस्पतालमा भर्ना गरिएको थियो ।

८ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार आएर उहाँ वैशाख १७ गते घर फर्कनु भएको थियो ।