
काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ ।
कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनु भएको हो ।
बिहीबर सामाजिक सञ्जालमा लेख्दै कोइरालाले प्रश्न गर्नु भएको छ, ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’
प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने कोइरालाले ठोकुवा गर्नुभयो ।
पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्