
काठमाडौं । दोस्रो चरणको कारोना संक्रमण तीव्र गतिमा बढेसँगै जारी भएको निषेधाज्ञामा कडाई गर्न थालिएको छ ।
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई पारिएको हो ।
प्रसाशनले अतिआवश्यक काममा बाहेक घर बाहिर हिडडुल गर्न नपाइने र साइकल समेत चलाउन नपाउने नियम लागू गरेको छ ।
दैनिक उपभोग्य सामान खरिदका लागि पसलहरु विहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय पनि भएको छ ।
अहिले प्रहरीले बिनाकामा बाहिर निस्कनेलाई होल्ड गरेर राख्ने गरेको छ । मास्क नलागाइ हिड्नेलाई थप कारवाही पनि थालिएको प्रहरीले जनाएको छ ।
स्वास्थ्यविज्ञहरुले अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर प्रयोग गर्न वा साबुनपानीले हात धुन आग्रह गरेका छन् ।
यस्तै अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्किन पनि प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्