२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अक्सिजन नहुँदा कोरोना अस्पतालमा संक्रमितलाई भर्ना गर्न नसकिने


0
Shares

दाङ । कोरोना विशेष अस्पताल बेलझुन्डीले कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने जनाएको छ ।

अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभावका कारण भर्ना लिन नसकिएको जानकारी दिनुभएको हो ।

अक्सिजनको सहज र पर्याप्त आपूर्ति नभएको हुँदा बिरामी भर्नाका समस्या परेको उहाँको भनाइ छ ।

अक्सिजन अभावमा थप बिरामी भर्ना गर्दा उपचाररत बिरामीको ज्यानसमेत जोखिममा पर्ने भएकाले समस्या बढ्दै गएको उहाँले बताउनुभयो ।

अस्पतालमा बेड संख्या थपेर एक सय पु¥याइने भएको छ । दाङमा हाल ५७ जना संक्रमितको उपचार भइरहेको छ ।