१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दक्ष जनशक्ति नहुँदा पाँचथर अस्पतालका भेन्टिलेटर सञ्चालन हुन सकेन


26
Shares

पाँचथर । पाँचथर अस्पतालमा भेन्टिलेटर भएपनि सञ्चालन हुन नसक्दा उपचारमा समस्या भएको छ ।

जिल्लामा रहेका ४ वटै भेन्टिलेटर सञ्चालन हुन नसक्दा उपचारमा समस्या भएको हो ।

भेन्टिलेटर सञ्चालन गर्न सक्ने कर्मचारी र डाक्टरसहितको दक्ष जनशक्ति नहुँदा उपकरण भएपनि प्रयोग गर्न नसकिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीले बताउनुभयो ।

उहाँले भेन्टिलेटर सञ्चालन गर्न एनएसथियोलोजिष्ट सहित दक्ष जनशक्ति आवश्क पर्ने भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले सरोकारवालाहरुसँगको छलफलपछि भेन्टिलेटर चाँडै जडान गर्ने र जिल्लाबासीलाई उपचारमा समस्या आउन नदिने बताउनुभयो ।

पाँचथर अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि गत आर्थिक वर्ष २०७६÷०७७ मा रकम विनियोजिन गरिएको थियो ।

तर रकम विनियोजन भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म जिल्लामा भेन्टिलेटर जडान हुन सकेको छैन ।