
इलाम । इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान भएका छन् ।
गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु, पानीटार, सन्दकपुरलगायतका क्षेत्रमा पर्यटक आउन थालेका थिए ।
तर, अहिले कोरोना संक्रमणको दर तीव्र भएपछि पर्यटकको चहलपहलमा कमी हुन थालेको छ ।
भारततर्फ कोरोनाको संक्रमण तीव्र रूपमा बढेपछि पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका बन्द छ । यसले गर्दा भारतीय पर्यटकको आगमन रोकिएको छ ।
धार्मिक, शैक्षिक, सहकारी र कृषि क्षेत्रको भ्रमणका लागि आउने पर्यटकको संख्या कम भएपछि इलामका होटलमा प्रत्यक्ष असर देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्