
बागलुङ । बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव छ । संक्रमण जोखिम बढ्दै जाँदासमेत स्वास्थ्य केन्द्रमा अक्सिजन र जनशक्तिको समेत अभाव हुँदा समस्या बढ्दै गएको छ ।
बागलुङमा पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको छ । धौलागिरी अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन प्लान्ट मार्फत उपचार गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव भएकाले कोरोना संक्रमितको उपचारमा समस्या पर्ने स्वास्थ्य केन्द्र प्रमुख डाक्टर मिलन मल्लले बताउनुभयो ।
अक्सिजनसँग स्वास्थ्य केन्द्रमा कर्मचारी र स्वास्थ्य सामग्रीको पनि समस्या भएको छ । कोरोना बाहेकका बिरामीलाइ सेवा दिइराखे पनि कोराना संक्रमण बढेको अवस्थामा अहिलेको जनशक्तिले थेग्न नसक्ने डाक्टर मल्लको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्