२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रोगले अलैची सखाप भएपछि तेह्रथुमका किसान चिन्तित


0
Shares

प्रकाश लिम्बु
तेह्रथुम । पहाडी जिल्लाहरुमा नगदे बालीको रुपमा अलैंचीको उत्पादन राम्रो मानिन्छ ।

विशेष गरी प्रदेश १ का पहाडी जिल्लामा अत्याधिक हुने अलैंचीमा रोग लाग्न थालेसँगै किसान चिन्तित बनेका छन् ।

रोगको संक्रमणबाट ठूला ठूला बगान मासिन थालेपछि आम्दानीको श्रोत गुमेको भन्दै किसान चिन्तित बन्न थालेका छन् ।

केहीवर्ष अघि अलैचीको मूल्य प्रतिमन १ लाख रुपैयाँसम्म पुग्दा अलैची खेतीमा हौसिएका किसानहरु अहिले निराश भएका छन् ।

र्पुख्यौली खेती भन्दा राम्रो आम्दानी हुने भएपछी किसानहरुले यो खेती रोजेका हुन ।

तर यसबर्ष भने फुल्ने सिजनमै अलैचीको बोट यसरी सुक्न थालेपछी तेह्रथुमका किसानहरु चिन्तित बनेकाछन् ।

मुख्य आम्दानीको श्रोत नै अलैची खेती भएका किसानहरु यो बर्ष आम्दानी नहुने भएपछि चिन्तित भएका हुन् ।

गतबर्ष ६ मनसम्म अलैची उत्पादन भएको बगानमा यसबर्ष ५ किलो पनी उत्पादन हुने अबस्था नरहेको अलैची किसान खहर सिंह मगरको गुनासो छ ।

जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय अलैची खेती फस्टाउँदै गएको छ । यहाँका किसानले ५ रोपनी देखी ५० रोपनीको क्षेत्रफलमा खेती गर्दै आएका छन ।

अलैचीले राम्रो आम्दानी दिन थालेपछि अन्यबाली मासेर अलैचीखेतीमा हौसीएका किसान रोगले सताउन थालेपछी आम्दानीको श्रोत नै ठप्प भएको भुमिकला लिम्बुको दखेसो छ ।

असिलो र भिरालो जमिनमा राम्रो उत्पादन हुने यो खेती योग्य जमिन मासेर किसानहरु खेती बिस्तार गर्दै आएका छन ।

गत चैतमा आएको मनसुन पछी खडेरीका कारण अलैचीको जरा सुकेको र ढुसीनास रोगका कारण बगानहरु सुक्न थालेको कृषी शाखा कार्यालय छथर गाउँपालिकाका प्रमुख हेम थापा बताउनु हुन्छ ।

जिल्लाको ग्रामिण क्षेत्रमा किसानहरुले खेती गर्दै आएको अलैची खेतीमा आएको समस्यालाई निराकरणका लागी कृषी कार्यालय र सरोकारवालाहरुले ध्यान नदिए अलैची खेती मासीने मात्र हैन अलैची किसान नै बिस्थापित हुने देखिन्छ ।