१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै, दर्जनौं प्रदर्शनकारी घाइते


0
Shares

एजेन्सी । कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै गएको छ । ८ दिनदेखि जारी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

कोलम्बियाको बोगोटोको मुख्य स्क्वायरमा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरूलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । कतिपय स्थानमा गोली समेत चलेको छ । प्रदर्शनकारीहरूले भने प्रहरी दमनबीच आन्दोलन जारी रहने घोषणा गरेका छन् ।

राष्ट्रपति इभान डुकेले ‘ट्याक्स रिफर्म’ कानुन ल्याएपछि गत हप्तादेखि प्रदर्शन सुरु भएको हो । सरकारले प्रदर्शनपछि ‘ट्याक्स रिफर्म’ कानुन फिर्ता लिए पनि प्रदर्शन भने रोकिएको छैन । प्रदर्शनकारीहरूले कानुन फिर्ता लिएपछि सरकारले त्यसलाई परिवर्तन भने नगरेको भन्दै सडक संघर्ष जारी रहने बताएका छन् ।

सरकारविरुद्ध प्रदर्शनमा हालसम्म ३० भन्दा बढी नागरिकको मृत्यु भइसकेको र सयौं घाइते भएको अधिकारवादी संस्थाहरूले उल्लेख गरेका छन् भने ५ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत परेका छन् ।