
म्याग्दी । धौलागिरी हिमाल आरोहणका लागि हिँडेका आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै अलपत्र परेका छन् ।
हिजोदेखि मौसम खराव भएपछि आरोहीहरु आधार शिविरमा अलपत्र परेकाले उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

दुई साताअघि धौलागिरी आधारशिविर पुगेका आरोहीहरूमध्ये केही बिरामी भएपछि हेलिकोप्टर लिन गएको थियो । तर, खराव मौसमका कारण उद्धार हुन नसकेको शेरचनले बताउनुभयो ।
बिरामी आरोहीको अवस्था खतरामुक्त भए पनि आरोहण गर्न नसक्ने अवस्थामा रहेकाले टोली फर्किन बाध्य भएको आरोहण दलका सदस्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्