
काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौं न्यूरो तथा जनरल हस्पिटल, सुन्धारामा उहाँको निधन भएको हो ।
छातीमा समस्या देखिएपछि बिहीबार बिहान न्यूरो अस्पताल भर्ना गरिएको उहाँको केहीबेरअघि निधन भएको गायक शिव परियारले जानकारी दिनुभयो ।
प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।
उनको निधनपछि कलाकार, गायक/गायिका लगायतको समवेदना प्रकट गरेका छन् ।
यो पनि पढ्नुहोस्
रहेनन् ‘गोल्डेन भ्वाइस’ प्रधान, ईमेजको हार्दिक शब्दश्रद्धा
प्रेमध्वज प्रधानको स्मरणमा…
प्रतिक्रिया दिनुहोस्