
ताप्लेजुङ । देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा हिमाली जिल्ला ताप्लेजुङमा पनि संक्रमित बढेका छन् ।
जिल्लामा कोभिडका सक्रिय संक्रमित १ सय ६ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पछिल्लो पटक थप ४८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित बढेको हो ।
फुङलिङको तोक्मे क्षेत्रका ५८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २२ जना पुरुष र २६ जना महिला छन् ।
ताप्लेजुङमा संक्रमणकै कारण वैशाख ९ गते यता ३ जनाले ज्यान गुमाएका छन् ।
संक्रमण तीव्र रूपमा फैलँदै गएपछि सोमबारदेखि जिल्लाको फुङलिङ नगरपालिका क्षेत्रमा एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गरिइएको छ ।
प्रतिक्रिया दिनुहोस्