
म्याग्दी । धवलागिरी गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरी हिमाल आरोहण गर्न गएका चारजना आरोहीमा कोरोना संक्रमण देखिएको छ ।
दुई साताअघि तीन नेपाली र दश विदेशी गरी १३ जनाको टोली धौलागिरी हिमाल आरोहणका लागि गएको थियो । तीन दिन पहिले हेलिकोप्टरमार्फत उनीहरूको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य आरोहीहरु पनि बिरामी छन् । उनीहरू धौलागिरि आधार शिविरभन्दा माथि रोकिएको बताइएको छ । उनीहरूको उद्धारका लागि काठमाडौंबाट गएको तीनवटा हेलिकोप्टर खराब मौसमका कारण मुदीबाट नै फर्किएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्