
रोमन आचार्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूले गरेको संसद विघटन सही थियो र निर्वाचन नै अन्तिम विकल्प हो भनेर प्रमाणित गर्न चाहानुहुन्छ ।
त्यसैले वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनबाट उहाँ विश्वासको मत लिने पक्षमा हुनुहुन्छ । ओलीको चाहाना ‘अर्लि इलेक्सन’ हो । जुन प्रतिपक्षि दल कांग्रेसको चाहना पनि हो । तर, अन्य दलको चासो निर्वाचन भन्दा वैकल्पिक सरकारमा देखिएको छ ।
प्रधानमन्त्री ओलीको सत्तावर्हिगमन बल्ल कांग्रेसको बटमलाइन बनेको छ । विगतमा सार्वजनिक खपतका लागि संसद विघटनको मुद्दामा सडक तताए पनि सभापति शेरबहादुर देउवाको नजर संसद पुनःस्थापना भन्दा पनि ‘अर्लि निर्वाचन’ मै थियो ।
निर्वाचनपछि राष्ट्रिय राजनीतिमा गुमेको शक्ति आर्जनमात्र होइन आफूअनुकुल टिकट बाँढ्न पाए १४ औं महाधिवेशनबाट कार्यकाल दोहो¥याउने शस्त्रको रूपमा उहाँले निर्वाचनलाई लिनुभएको छ । त्यसैले वैशाख २७ मा ओलीलाई विश्वासको मतमा फेल पारेर आफू नेतृत्वमा चुनावी सरकार बनाउने कसरतमा देउवा हुनुहुन्छ ।
सह–महामन्त्री प्रकाशशरण महतको भनाइले ‘अर्लि इलेक्सन’ बटमलाइन बनाउन देउवा र ओलीको सहकार्य हुने विषयलाई नकार्न सकिँदैन । संसदीय गणितले पनि ओलीलाई विश्वासको मत पाउन सहज छैन । ओलीको आडभरोसा जसपा भित्रको महन्थ खेमा हो । समीरकण हेर्दा उनीहरू पनि ओलीको कुर्सी जोगाउन प¥याप्त देखिदैनन् । जसपाको बहुमत सदस्य ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउन उद्यत् छ ।
यता, भर्खरै ओलीलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्र पनि स्वभाविक रूपमा वैकल्पिक सरकार चाहान्छ । उसको एजेण्डामा अर्लि इलेक्सन परेको छैन । ओलीलाई विश्वासको मत लिन संसदमा वहालवाला २ सय ६१ सांसदमध्ये बहुमत अर्थात् १ सय ६३ मत आवश्यक पर्छ । उहाँको दलसँग १ सय २१ मत छ । बहुमत पु¥याउन उहाँलाई अरु १५ मत आवश्यक पर्छ ।
साना तीन दलले साथ दिए १२ मत जसपाभित्रबाट तान्नुपर्छ । तर, नेकपाभित्रकै माधव खेमा भने पार्टी २०७५ जेठ २ को अवस्थामा नफर्किए ओलीलाई साथ नदिने तयारीमा छ ।
रणनीतिक योजना बोकेर प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास धाउने क्रम बाक्लिएको छ । उहाँलाई आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नसक्ने विपक्षी दलहरूलाई देखाइदिनु छ, अनि संसद विघटन उपयुक्त थियो भनेर प्रमाणित पनि गर्नुछ । विवादकैबीच माधव पक्षले मत दिए ठिकै हो, दिएनन् भने पनि विपक्षीसँग बहुमत पुग्ने अहिलेको समीकरणले पनि देखाउँदैन । त्यसपछिको अंकगणितीय खेल कता जान्छ यसै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्