
फाइल तस्विर
बागलुङ । बागलुङ कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहिबार बिहान साढे पाँच बजे र बडिगाड गाउँपालिका–४ का ८७ वर्षीया पुरुषको दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बागलुङका पुरुषलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका उनमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।
यस्तै, बडिगाडमा पुरुषलाई १९ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी धौलागिरी अस्पतालमा आएका उनमा दम रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्