बागलुङका दुई कोरोना संक्रमितको मृत्यु • Image Khabar Image Khabar


बागलुङका दुई कोरोना संक्रमितको मृत्यु


Imagekhabar
२३ बैशाख २०७८, बिहीबार १९:४८

बागलुङका दुई कोरोना संक्रमितको मृत्यु

बागलुङ । बागलुङ कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहिबार बिहान साढे पाँच बजे र बडिगाड गाउँपालिका–४ का ८७ वर्षीया पुरुषको दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङका पुरुषलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका उनमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।

यस्तै, बडिगाडमा पुरुषलाई १९ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी धौलागिरी अस्पतालमा आएका उनमा दम रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्