१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


देउवा भेटेपछि सिधै शीतलनिवास पुगे माधवकुमार नेपाल


0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि सिधै राष्ट्रपति भवन शीतल निवास जानुभएको छ ।

देउवासँग उनको निवासमा एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास जानुभएको हो । नेपाल पक्षले सांसदको सामुहिक राजिनामाको तयारी भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको थियो । हिजो मात्र ओलीले आफ्ना विश्वासपात्रहरूसँग शेरबहादुर देउवालाई भेट्नुभएको थियो ।