
एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ ।
स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको हो ।
रियो दि जेनेरियो शहरको जकारेजिन्हो क्षेत्रस्थित झुग्गी बस्तीमा भएको प्रहरी अप्रेशनका क्रममा सो घटना भएको हो । सो क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अप्रशेन सुरु गरिएको थियो ।
गोली हानहानका क्रममा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन् । रियो दि जेनेरियो ब्राजिलको सबैभन्दा हिंस्रक राज्यहरु मध्ये एक हो । यसका अधिकांश क्षेत्र अपराधीहरूको नियन्त्रणमा रहेका छन् । तीमध्ये धेरै क्षेत्रमा लागु औषध तस्करी गर्ने समूहको प्रभाव छ ।
प्रतिक्रिया दिनुहोस्