१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते


0
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कुश्मा नगरपालिका–१३ खौलालाँकुरी देखि सदरमुकाम कुश्माबजार आउँदै गरेको ग २ च ५२१३ नम्बरको जीप पिपलटारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कुश्मा नगरपालिका–१३ का विष्णु परियारको जिल्ला अस्पतालमा मृत्यु भएपछि शव लिनका लागि उनीहरु अस्पताल आउँदै गर्दा जीप दुर्घटनामा परेको हो । क्षमता भन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।