१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बोलाउनुभएको छ ।

आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिनको १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाउनुभएको छ ।

कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत तयारी गरेको छ ।