
काठमाडौं । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सहित ८६ जना संक्रमित भएका छन् ।
कोरोनाको दोस्रो लहरसँगै चितवन जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
संक्रमित हुनेमा भरतपुर अस्पताल, चितवन मेडीकल कलेजमा, पुरानो मेडीकल कलेज, र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरु रहेका छन् ।
संक्रमित चिकित्सक स्वास्थ्यकर्मीहरु अहिले अइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्