१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाँके, दाङ र रुपन्देहीमा ८ संक्रमितको मृत्यु


0
Shares

काठमाडौं । बाँके, बर्दिया, दाङ र रुपन्देहीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष र तीन महिला छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी ८ बजे, वडा नं.१२ का ६७ वर्षीय पुरूषको हिजो मृत्यु भएको हो ।

त्यस्तै नेपालगञ्ज १० की ३८ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र १४ की ३८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा आज बिहानै मृत्यु भएको हो ।

योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमति १७४ जना र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १३१ जनाको मृत्यु भएको छ ।

यस्तै, रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

योेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।

यता कोरोना संक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका ७ का ५२ बर्षका पुरुषको शुक्रबार राती मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यो संगै बर्दियामा कोरोनाका कारण बैशाख यता २० जना र कुल ३९ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताउनु भयो ।

यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६७ वर्षीय पुरूषको पनि कोरोनाबाट मृत्यु भएको छ ।