१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिगमा आज दुई खेल हुँदै


0
Shares

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।

प्लेअफमा पुग्ने दुई टिमको भने टुङ्गो लागिसकेको छ । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ ।

आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र ललितपुरबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै प्लेअफ पुग्न चाहन्छ ।

विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ललितपुरलाई हराएको खण्डमा विराटनगरले शीर्ष चार सुरक्षित गर्नेछ ।

बराबरी गरेको खण्डमा अन्य खेलको नतिजा कुर्नु पर्नेछ । शनिबार हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

शीर्ष स्थानमा रहेको धनगढी प्लेअफ पुगिसकेको छ । तर, धनगढी अन्तिम लिग खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफ खेल्न चाहन्छ ।

धनगढीले ५ खेलमा १० अंक जोडेको छ । बुटवललाई भने प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा फराकिलो जित निकाल्नै पर्ने दबाब रहेको छ