१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौडामा खोलामा डुबेको अवस्थामा प्रहरीको शव फेला


0
Shares

हेटौडा । मकवानपुरस्थित राप्तिखोलामा आज बिहान एक प्रहरीको शव भेटिएको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको हो ।

स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।