
माधवकुमार नेपाल । फाइल तस्वीर ।
काडमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै नेता नेपालले कोभिड–१९ भारइस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेर सरकार आफ्नो दायित्वबाट च्यूत हुन खोजेको आरोप लगाउनुभएको हो ।
गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न नेता नेपालले आह्वान समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्