
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका सांसद र मन्त्रीहरूलाई पनि संसद बैठकमा सहभागी गराइने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिनका लागि सोमबार बोलाइएको प्रतिनिनिसभाको बैठमा कोरोना संक्रमित सांसद् र मन्त्रीहरू पनि सहभागी हुन लागेको संसद सचिवालयले जनाएको छ । उनीहरूलाई बस्नका लागि छुट्टै स्थान बनाइने र मतदानमा सहभागी गराइने भएको हो ।
बैठकअघि गरिएको परीक्षणमा पर्यटन मन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोसहित दुई दर्जन सांसदहरूमा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा जारी रहेका बेला सोमबारबाट सुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने यसअघि नै घोषणा गर्नुभएको छ । त्यसअघि भोलि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने संसद सचिवालयले जानकारी दिएको छ ।
बुधबार र बिहीबार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा १२८ जनाको रिपोर्ट आउँदा १४ जनामा संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका चार जना र नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई–दुई सक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्