१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


रुकुम पश्चिममा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु


0
Shares

रुकुम पश्चिम । छुट्टाछुट्टै घटनामा परी शनिबार जिल्लामा दुई जनाको मृत्यु भएको छ ।

खोलामा पौडी खेल्ने क्रममा सानिभेरी गाउँपालिका–१० काफलबोटका १३ वर्षीय रुपलाल खड्काको मृत्यु भएको हो । बाख्रा चराउन गएका कक्षा ८ मा अध्ययनरत खड्का सिम्ली खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

त्यस्तै घरको छ्त बाट खसेर सानिभेरी गाउँपालिका–९ का दिपक विकका २ वर्षीय छोरा राकेश विकको मृत्यु भएको छ । स्थानीय सिम्ली बजारको भाडाको घरको छ्तमा खेल्नेक्रममा उनी छतबाट खसेका थिए । उपचारका लागि चौरजहारी अस्पताल लैजाँदै गर्दा विकको बाटोमै मृत्यु भएको हो ।