
फाइल तस्वीर
पाँचथर । जिल्लामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
कोरोना संक्रमतिहरूलाई लक्षित गरेर अक्सिनजन सिलिन्डर, मनिटरसहितको १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोम दंगालले जानकारी दिनुभयो ।
कोभिड भेरियन्टको दोस्रो लहर चलेपछि जिल्लामा पहिलो पटक अक्सिजन सिलिन्डरसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा निर्माण गरिएको हो ।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले सदरमुकाममा मात्रै नभएर जिल्लाका ८ वटै स्थानीय तहमा कोभिड अस्पताल सञ्चालन गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्