
काठमाडौं । खोप विज्ञ डा. श्यामराज उप्रेतीले खोप लगाइसकेका र एकपटक कोभिड संक्रमण भइसकेका व्यक्तिमा पहिलो भेरियन्टको प्रभाव शून्यप्राय रहेको बताउनुभएको छ ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. उप्रेतीले एकपटक कोभिड भइसकेका व्यक्तिमा दोस्रो भेरियन्टको संक्रमण भए पनि पहिलो भेरियन्टको संक्रमण हुने सम्भावना प्राय नहुने बताउनुभयो । यद्यपि उनीहरू दोस्रो भेरियन्टको भाइरसबाट भने संक्रमित हुने देखिएको उहाँको भनाइ छ ।
‘एकपटक भइसकेका वा खोप लगाइसकेका व्यक्तिमा दोस्रोपटक कोभिड संक्रमण पुष्टि भएमा दोस्रो भेरियन्टले समात्यो भन्ने बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘उनीहरूमा पहिलो भेरियन्टकै भाइरसले छुने सम्भावना हुने सम्भावना अत्यन्तै कम हुन्छ ।’
कुराकानीकै क्रममा उहाँले दक्षिण अफ्रिकाको संक्रमणमा ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता कम भएको बताउनुभयो । उहाँले खोप नलगाएका व्यक्तिभन्दा खोप लगाएका व्यक्ति बढी सुरक्षित रहने जानकारी दिनुभयो । खोप लगाएका व्यक्तिहरूमा पुनः संक्रमण भइहाले पनि जटिल समस्या नदेखिने तथ्य फेला परेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्