
फाइल तस्बिर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संवैधानिक परिषद्को बैठकमा नजान सदस्यहरूलाई अनुरोध गर्नुभएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै दाहालले प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख समते भाग नलिने निर्णय सार्वजनिक भइसकेको अवस्थामा बैठक स्थगित गर्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने रहेको आरोप लगाउनुभएको छ ।
ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको बताउँदै अध्यक्ष दाहालले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत श्वेच्छाचारी चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक डाक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्