१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ ।

भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारमा समस्या परेपछि महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्यलगायत नेताले शनिबार अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

मेयर शाक्यले सबै विकास निर्माणको काम थाँती राखेर भए पनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

मेयर शाक्यले अस्पतालहरूमा विरामीहरूको चाप बढेको उल्लेख गर्दै आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिङ्गो देशलाई परिवार ठानेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गर्नुभयो ।