
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालयले विभिन्न उद्योगबाट सहयोग मागी दुई अस्पताललाई २६ अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।
प्रहरी उपरीक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगञ्ज अस्पताललाई सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । उहाँले कपिलवस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंह र कृष्णनगर नगरपालिका मेयर रजनप्रताप शाहलाई सिलिण्डर प्रदान गर्नुभएको हो ।
अक्सिजन अभावले संक्रमितहरूको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्