२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतको चुन खानीमा विस्फोट हुँदा १० मजदुरको मृत्यु, १० जना बेपत्ता


0
Shares

एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ ।

आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट २ सय ८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको हो ।

खानीभित्र त्रुटीवश एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अझै दश जना हराइरहेका छन् । प्रहरी र स्थानीयवासीले खोज तथा उद्धारमा खटिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।