२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बेलायतले नेपाललाई `रेडजोन`मा राख्यो, मे १७ देखि यात्रा प्रतिबन्ध


0
Shares

काठमाडौं । बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपाललाइ रेडजोनमा राख्दै नेपालबाट हुने यात्रालाई आगामी सातादेखि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि लागु हुनेछ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपल लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, टर्की र माल्दिभ्सलाई रेडजोनमा राखिएको घोषणा गर्नुभयो ।

यात्रा प्रतिवन्ध बेलायती नागरिक बाहेक अन्य मुलुकका नागरिकमा लागू हुने जनाइएको छ ।

रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले आफ्नो देशमा फर्कँदा क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ ।