१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारको सिफारिस विना अस्पताललाई अक्सिजन नदिन निर्देशन


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ ।

स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन निदेशन दिएको हो ।

धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको पत्रमा उल्लेख गरिएको छ ।

अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन सपोर्ट दिनु परेको बताउँदै मन्त्रालयले यो निर्णय गरेको हो ।

यता मन्त्रालयको निर्णय प्रति अक्सिजन उद्योगहरुले विरोध जनाएका छन् ।

एकाएक अक्सिजनको आपूर्ति गडबड हुने गरी निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।