१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा


0
Shares

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा गएराती सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दुतावासकाअनुसार डिभी विजेता भनेर कुनै इमेल नआउने र भिसा अन्तर्वार्ताका लागि समेत अग्रिम शुल्क पनि लाग्ने छैन ।