
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।
विहान ९ बजेका लागि बोलाइएको बैठक गत ३० मंसिर यताको पहिलो संबैधानिक परिषद्को बैठक हो ।
यसैबीच आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।
हिजो एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पार्नुभएको थियो ।
देउवाले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा बैठक बहिष्कार गर्ने उल्लेख गर्नुभएको हो ।
साथै उहाँले परिषदका अन्य सदस्यहरुलाई पनि बैठक बहिष्कार गर्न बिज्ञप्तिमार्फत आब्हन गर्नुभएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले पनि आजको बैठकमा सहभागी नहुने जनाउनुभएको छ ।
३० मंसिरमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
आजको बैठकमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा पनि सहभागी हुनुहुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्